राशिफल

आज शुक्रबार, कस्को पूजा गरे के लाभ मिल्छ ?

हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरकफरक देवीदेवताको पूजा गरिन्छ  आज शुक्रबारको दिन  धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ  यीनीहरुको व्रत विधि भने अलगअलग हुन्छन्  यो दिन सेतो कपडा लगाउनु पर्छ  शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुखशान्ति तथा मनोकांक्षा पूरा हुनेछ सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *