स्वास्थ्य

हप्ताको एक–दुई पटक झकाउनु अति राम्रो, तर बारम्बार झकाए के होला?

दिउँसो बारम्बार झकाउनु समस्या भए पनि हप्ताको एक वा दुईपटक दिनको समयमा झकाउनु दीर्घ जीवनका लागि सहायक बन्ने देखिएको छ । स्वीट्जरल्याण्डमा भएको अनुसन्धानमा हप्ताको एक वा दुईपटक झकाउँदा मुटु सम्बन्धी रोगको समस्या कम गर्ने देखिएको हो ।कहिले काहिँ झकाउँदा हृदयघात, स्ट्रोक तथा मुटु सम्बन्धी रोगहरुको जोखिम आधाले कम गर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् । तर बारम्बार झकाउँदा यसले स्वास्थ्यमा कुनै मुनाफा नहुने जनाइएको छ ।

अनुसन्धानका प्रमुख अथर तथा स्वीट्जरल्याण्डको युनिभर्सिटी अफ लाउसानेबाट विद्यावारिधी गरिरहेका अनुसन्धानकर्ता नादिनी हाउस्लरले बताएका छन्, ‘बारम्बार झकाउनेहरुमा कार्डिओभास्कुलर डिजिजको समस्या बढाउने देखिएको छ । तर आकलझक्कल न्याप लिँदा या झकाउँदा सो समस्या कम हुने देखिएको छ ।’झकाउँदा स्वास्थ्यलाई फाइदा हुन्छ या नोक्सानी भन्नेबारे विज्ञहरुबिच विवाद रहेको छ । तर सबैको एकम धेरै झकाउनु राम्रो नरहेकोमा छन् ।

पछिल्लो अध्ययनमा ३५ सयजना सहभागी थिए । उनीहरुको मुटु स्वास्थ्यको अवस्था पाँच वर्षसम्म हेरिएको हो । त्यसमा आकलझुकल झकाउनेहरुमा राम्रो प्रभाव देखिएको हो । तर अधिक झकाउनेहरुमा त्यसको प्रभाव नराम्रो रहेको देखिएको छ ।हप्ताको एकदुई पटक झकाउनेहरुमा अरुको तुलनामा हृदयघात, स्ट्रोक तथा मुटुसम्बन्धी रोगको जोखिम ४८ प्रतिशतले कम भएको देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *