मनोरंजन

आलियाले गरिन् ऋषिको स्वागत

मुम्बई । बलिउड अभिनेता ऋषि कपुर आफ्नो क्यान्सरको उपचार गराएर लामो समयपछि बुधबार मुम्बई फर्केका छन् ।अभिनेत्री आलिया भट्टले अभिनेता ऋषि कपुरको भव्य स्वागत गरेकी छन् । अभिनेता रणवीर कपुरका बुबा हुन ऋषि कपुर । केही समययताबाट रणवीर र आलियाबीच प्रेम सम्बन्ध रहँदै आएको छ । आलिया र रणवीरको प्रेमलाई सबैभन्दा पहिला ऋषि कपुरले स्विकारेका थिए । तर, आलियाका पिता एवं निर्देशक महेश भट्टले अझै यो प्रेमलाई स्विकारेका छैनन् ।

आफूलाई माया गर्ने अभिभावकजस्तै ऋषि कपुर मुम्बई फर्कंदा आलिया खुसी छिन् । उनले ऋषिको हाल खबर सोधिन् । फूलको बुके दिएर उनले ऋषिको स्वागत गरिन् । सो भेटमा ऋषिले पनि आफ्नो स्वास्थ्य राम्रो भएको बताउँदै आलियाको हल खबर सोधे । स्वागतको क्रममा आलियासँगै रणवीर कपुर र कपुर परिवार पनि सँगै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *