खेलकुद

२ वर्षपछि रोनाल्डिन्होले लिए सन्यास फिर्ता, कोलम्बियाको सर्वाधिक सफल क्लबबाट कमब्याक गर्दै

, २७ भदौ  सन् २०१८ को जेनवरीमा सन्यास लिएका ब्राजिलका सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन सन्यास फिर्ता लिएर उनले कोलम्बियाको सान्टा फे बाट फेरि ब्यबासायिक फुटबल खेल्ने निर्णय गरेका हुन् विश्व फुटबलमा सफल फुटबरलरको पहिचान बनाएका उनले यही अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट फेरि फुटबल मैदानमा खेलाडीका रुपमा देखिने भएका छन ।

उमेरलाई पनि चुनौती दिँदै उनले कोलम्बियाको सर्वाधिक सफल क्लबबाट कमब्याक गर्ने भएका छन्  यस बाहेक उनले कोलम्बियाको डर्बीमा पनि खेल्नेछन् जसमा अमेरिका र डिपोर्टिभो कालीबीच प्रतिस्पर्धा हुनेछ ।२ पटकका फिफा बर्ष खेलाडी समेत रहि सकेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *