शान्ति मिसनका लागि अमेरिकाले बजेट कटौती गरेपछि राष्ट्रसंघमा परेको आर्थिक संकटको असर नेपालमा पनि देखिएको छ।संयुक्त राष्ट्रसंघको आग्रहमा विभिन्न द्वन्द्वग्रस्त देशमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरीले तलब तथा सामानको शोधभर्ना पाएका छैनन्। मिसनको अवसर पनि कम हुँदै गएको छ।
राष्ट्रसंघसँग नेपाली शान्ति सैनिकले लिनुपर्ने रकमको बक्यौता आठ अर्ब रुपैयाँ नाघिसकेको छ। नेपाली सेनाको ६ अर्ब, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकएक अर्ब रुपैयाँ राष्ट्रसंघले भुक्तानी गर्न बाँकी छ।
गत वर्ष अक्टोबरदेखि भुक्तानी रोकिँदा नेपाली सुरक्षाकर्मी उधारोमा काम गर्न बाध्य छन् राष्ट्रसंघले भुक्तानी रोक्दा सुरक्षा निकायले पहिले नै जम्मा भएको कोषबाट शान्ति मिसनमा जाने अधिकारीलाई तलब दिएका छन् उनीहरूको करोडौँ ब्याज आम्दानीसमेत गुमिरहेको छ हाल शान्ति सेनामा नेपालबाट विभिन्न देशमा पाँच हजार ६ सय ६८ जना कार्यरत छन् ।