खेलकुद

मेस्सी, स्वारेज र ग्रिजम्यानको त्रिपक्षीय आक्रमण हेर्न समय लाग्ने

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी, लुइस स्वारेज र एन्टोनी ग्रिजम्यानको त्रिपक्षीय आक्रामक खेलका लागि समय लाग्ने भएको छ । मेस्सी चोटग्रस्त रहेका कारण यि तीन स्टारको आक्रामक खेल हेर्न समय लाग्ने भएको हो । मेस्सीलाई प्रि–सिजनमा काल्फ इन्जुरी भएको थियो ।

चोटग्रस्त लुइस स्वारेज भने शनिबार मैदानमा फर्किने तयारीमा छन् । उनी फर्किन लागेपनि मेस्सी केहीदिन मैदान बाहिर रहनेछन् । दुबै घाइते भएपछि एट्लेटिको मड्रिडबाट बार्सिलोनामा अनुबन्ध भएका एन्टोनि ग्रिजम्यानलाई स्टार खेलाडीसँग खेल्ने अवसरका लागि कुर्नुपर्ने भएको हो ।

इन्ज्युुरीमा रहेका मेस्सीलाई शनिबार हुने भ्यालेन्सीयाविरुद्धको खेलमा मैदान देखिने छैन् । स्वारेज फर्किन सक्ने अपेक्षा गरिएको छ । जुन बार्सिलोनाको लागि खुशीको कुरा हो । मेस्सी ५ अगस्टमा नयाँ सिजनको पहिलो प्रशिक्षणमा घाइते भएका थिए । घाइतेपछि उनले एथ्लेटिको बिल्बाओ, बेटिस र ओसासुनाविरुद्धको खेल गुमाइसकेका छन् । मेस्सी ६ हप्ताभित्रमा मैदानमा फर्किने अपेक्षा थियो तर समय लागेको छ । यस्तै सेप्टेम्बर १७ मा बार्सिलोना च्याम्पियन लिगमा बोरुसिया डर्टमुन्डसँग भिड्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *