प्रमुख समाचार

नागरिकता विधयेक : सहमति नभए मतदानमा जान सभापतिलाई दबाब

निधिसभाको राज्य व्यवस्था समितिमा नेकपाका सदस्यले वैवाहिक अंगीकृतलाई नागरिकता दिने विषयलगायत नमिलेका अन्य विषयमा सहमति नभए मतदानमा जान सभापतिलाई दबाब दिएका छन्। आइतबारसम्म सहमति जुटाउन नसक्ने हो भने चालू अधिवेशनमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रवेश हुन नसक्ने भएकाले यसलाई मतदानबाट भए पनि टुंगोमा पु-दबाब आएको हो।

नेकपाका सांसदहरू नवराज सिलवाल, यशोदा सुवेदी, रेखा शर्मालगायतले सहमति नभए मतदानबाट भए पनि आइतबारभित्र नागरिकताको विषयमा टुंगो लगाउन सभापतिलाई दबाब दिएको स्रोतले बताएको छ

समिति सदस्य सिलवालले बिहीबारको बैठकमा समेत सहमति नभए मतदान गर्न प्रस्ताव गरेका थिए। सभापति शशि श्रेष्ठले शुक्रबारको बैठकमा सहमति नभएपछि सहमतिका लागि एक दिनको समय तोकेकी छन्। नागरिकताको विषयमा सहमति जुटाउन शनिबार पनि बैठक डाकिएको छ। सभापति श्रेष्ठले भनिन्, ‘सकभर सहमति होस भनेर समय दिइएको छ, समितिले अब विधेयकलाई धेरै अड्काएर राख्दैन।’

नागरिकताको विषयमा वैवाहिक अंगीकृत नागरिकता दिने विषय र टोली खटाएर नागरिकता दिने विषय बढी विवादित छ।तीन दिनदेखिको छलफलमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा छलफल चलिरहेको छ। बिहीबारको बैठकमा अधिकतर सांसद्ले वैवाहिक अंगीकृत नागरिकता वैवाहिक परिचय पत्र पाएको सात वर्षपछि मात्र दिन सकिने प्रस्ताव राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *