मनोरंजन

अक्षय कुमारको ‘मिशन मंगल’ले दुई सय करोडको आँकडा पार ग-यो

काठमाडौं । अभिनेता अक्षय कुमार बलिउड उद्योगकै सबै भन्दा बढी इन्कम ट्याक्स तिर्ने अभिनेताहरुमध्ये एक पर्छन् । केही साता अघिमात्रै दर्शकमाझ रिलिजमा आएको अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ले बक्स अफिसमा दुई सय करोडको आँकडा पार गरेको छ । अभिनेता अक्षय कुमारको यो पहिलो उपलब्धी हो, यसअघि उनको कुनै पनि फिल्मले दुई सय करोडको आँकडा पार गर्न सफल बनेका थिएनन् ।

जगन शक्तिले निर्देशन गरेका ‘मिशन मंगल’ गत १५ अगष्टबाट दर्शकमाझ रिलिजमा आएको थियो । अहिलेसम्म यो फिल्मले बक्स अफिसमा दुई सय करोड, १६ लाख भन्दा बढीको ब्यापार गरिसकेको छ । अभिनेता अक्षय कुमारको २८ वर्षको करियरमै यो पहिलो फिल्म हो, जसले २०० करोडको आँकडा पार गरेको छ । जसको कारण पनि अभिनेता अक्षय कुमारको यो विशेष फिल्म बनेको छ ।

यसरी फिल्मले बक्स अफिसमा कमाल गरेपछि अभिनेता अक्षय कुमारले ट्वीट गर्दै खुसी ब्यक्त गरेका छन् । यो फिल्ममा अभिनेता अक्षय कुमारका साथमा विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, लगाएत मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *