खेलकुद

एएफसी यू–१६ च्याम्पियनसिप: जोर्डनलाई हराउने दाउमा नेपाल

काठमाडौं एएफसी यू१६ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज शनिवार पहिलो खेल घरेलु टोली जोर्डनसँग खेल्दैछ ।

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपाल जाेर्डनविरुद्ध निकै शक्तिशाली भई उत्रने तयारीमा छ ।नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *