अन्तरास्ट्रिय

मोदीका पुरस्कारको लिलामी किन गरिँदै छ ?

नयाँ दिल्ली : भारतीय प्रधान्मन्त्री नरेन्द्र मोदीलाई पछिल्लो एक वर्षमा पुरस्कारस्वरूप प्राप्त भएका उपहार लिलामीमा राखिएको छ। पुरस्कारको लिलामी गंगा सरसफाइ अभियानका लागि आर्थिक जोहो गर्न गरिएको हो। केन्द्रीय संस्कृतिमन्त्री प्रह्लाद सिंह पटेलले गंगा नदी सरसफाइ योजनाको लागि अर्थ जुटाउन राखिएको लिलामीको उद्घाटन शनिबार गरेका छन्।

लिलामीमा राखिएका सामग्री । तस्बिर : मोदीको ट्विटरबाट ।लिलामी राष्ट्रिय आधुनिक कला संग्रहालयमा राखिएको छ। लिलामीमा सल, पगडी र अन्य २७ सयभन्दा धेरै सामग्री छन्। लिलामी कार्यक्रम सेप्टेम्बर १४ शनिबारदेखि अक्टोबर ३ सम्म हुनेछ।उनले भने, ‘प्रदर्शन गरेर राखिएका स्मृति चिह्न हरेक हप्ता फेरिनेछ। स्मृति चिह्नमा चित्र, मूर्ति, सल, पगडी, ज्याकेट र पारम्परिक बाध्यबादनका सामग्रीहरु रहेका छन्।’

पटेलका अनुसार स्मृति चिह्नको सबैभन्दा कम मूल्य भारू २ सय र धेरै मूल्य अढाइ लाखसम्म तोकिएको छ। मोदीले यो प्रयासको लागि धन्यवाद दिँदै कार्यक्रममा भाग लिन आग्रह पनि गरेका छन्।उनले ‘ई लिलामी’ वेभसाइडको लिंक ट्विट गर्दै भनेका छन्, ‘जे भइरहेको छ त्यसमा सधैँ मेरो विश्वास छ। पछिल्लो एक वर्ष मलाई जति पनि उपहार तथा स्मृतिचिह्न प्राप्त भएका छन् ती सबै उपहार लिलामी गर्ने निर्णय गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *