मनोरंजन

सँधै सुन्दर देखिने अनुष्काको यस्तो सुत्र !

बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो कुशल अभिनय र सुन्दरताका कारण सँधै चर्चामा रहँदै आएकी छन् । अनुष्काको अनुहारमा सँधै ग्लो र फ्लाँलेस स्किन हुन्छ । अनुष्काका अनुसार स्वस्थ्य डाइट र सही प्रोडक्टले आफ्नो सुन्दरता कायम गरिराख्न सकिन्छ । भर्खरै मात्र एक अन्तर्वार्तामा अभिनेत्री अनुष्काले आफ्नो सुन्दरताको राज खोलेकी छन् ।

अनुष्काले आफ्नो स्किनलाई डिटक्स गर्नका लागि सँधै अग्र्यानिक प्रोडक्टलाई प्रयोग गर्दै आएकी छन् । उनले निमको फेसमास्क प्रयोग गर्दै आएकी छन्, जसले स्किनलाई सफा र ग्लो राख्नका लागि मद्दत गर्छ । यसका साथै अनुष्काले आफ्नो स्किनलाई फ्लाँलेस राख्नका लागि अन्य ट्रिक्स पनि प्रयोग गर्दै आएकी छन् ।

अनुष्काले भनिन्, ‘म आफ्नो स्किनलाई स्वस्थ्य राख्नका लागि सिम्पल तर इफेक्टिभ चिज प्रयोग गर्छु ।’ उनले थपिन्‘मैले पानी पिउँछु र खानामा विश्वास गर्छु । सही प्रोडक्टको प्रयोग गर्नु पनि महत्वपूर्ण हुन्छ । स्किन केयरमा सनस्क्रिन लोशन, मोस्च्नराइजर र क्लेञ्जर लगाएतका पोडक्ट प्रयोग गर्छु । साथै सुत्नु भन्दा पहिले आफ्नो मेकअप सफा गर्न भुल्दिन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *