राजनिति

संविधान दिवसको पूर्वसन्ध्यामा बाबुरामको खुलासा: मैले राखेको त्यो प्रस्ताव काँग्रेसले मानेन

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान निर्माण कार्यलाई आफूले कम्तीमा एक हप्ता लम्ब्याउन आग्रह गरेको तर काँग्रेसका नेताहरुले नमानेको खुलासा गरेका छन् ।

‘संविधानको ३०८ धाराका बारेमा छलफल हुनुपथ्र्यो, त्यति नगरेपनि कम्तीमा छलफलका लागि एक हप्ता अझै समय दिउँ भनि आग्रह गर्दा काँग्रेसका नेताहरुले मानेनन्’ उनले भने । हतारमा संविधान निर्माण गरिएको हुनाले त्यो अपूर्ण रहेको बताउँदै उनले त्यही भएर आफूले ग्लास आधा भरिएको तथा आधा खाली रहेको अभिव्यक्ति दिएको बताए ।

संविधान दिवसको पूर्वसन्ध्यामा समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले आज पत्रकारसँगको भेटघाटमा संविधान दिवस र कालो दिवस दुवै अतिवादी सोच भएको बताए । सरकारले पञ्चायती शैलीमा संविधान दिवस मनाउन थालेको भन्दै उनले गुनासो पनि गरे ।संविधान संशोधनको लागि कुरा उठेको विषयलाई मत्थर पार्नका लागि सरकारले तामझामका साथ संविधान दिवस मनाउन लागेको दावी गर्दै अध्यक्ष भट्टराईले यो दिवस पञ्चायती शैलीको हुन लागेको दाबी गरे ।

उनले विदेशी बुहारीलाई नागरिकता दिनका लागि विधि केही खुकुलो बनाउनुपर्ने बताए । ‘भारतमा ७ वर्षपछि नागरिकता दिन्छ भने नेपालमा पनि त्यसैगरि दिनुपर्छ भन्ने होइन, अलिकति केही समय राखेर नागरिकता दिनुपर्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *