मनोरंजन

प्रियंका चोपडाले बताइन् आफ्नो भविष्यको योजना, आमा बन्नेबारे गरिन् यस्तो खुलासा

मुम्बई  बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता निक जोनस लोकप्रिय जोडीमध्ये एक हुन् । यी दुई सामाजिक सञ्जालमा छाइरहन्छन् । निक जोनससँग बिहे गरेकी प्रियंकाको केही समयअघि डिभोर्स हुने हल्ला पनि चलेको थियो । हल्ला जे चले पनि यो जोडी खुशी छ ।प्रियंकाले एक अन्तर्वार्ताका क्रममा आफ्नो फ्युचर प्लानबारे बताएकी छिन् । प्रियंकाको भविष्यको योजना घरमै बस्नु र बच्चा पाउनु हो । प्रियंकाले अन्तर्वार्ताका क्रममा यस्तो खुलासा गरेकी हुन् ।

प्रियंकाले आफू आमा बन्ने चाहना आफ्नो भविष्यको योजनामा परेको बताएकी छिन् । उनले भनिन्, ‘बाआमा बन्न हरेकको भविष्यको लक्ष्य हुन्छ, घर किन्नु र आमा बन्नु मेरो लिस्टमा छ ।’प्रियंकाले खुलासा गर्दै भनिन्, ‘म लस एन्जल्समा लामो समय बस्नका लागि अप्सन देखिरहेकी छु, अहिले चाहिँ मेरो घर मुम्बई र न्यूओर्कमा छ ।’प्रियंका र निकले अघिल्लो वर्ष बिहे गरेका थिए । प्रियंकालाई छिट्टै नै सोनाली बोसको फिल्म ‘द स्काइ इज पिंक’ मा देखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *