प्रमुख समाचार

नेपालग उद्योगहरु बन्द हुदै गएपछि सरकारले ल्यायो कडा नियम, ‘अब कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने’

स्वदेशी उद्यमलाई आत्मनिर्भर बनाउन सरकारले नयाँ नियम लागू गर्न लागेको छ । विदेशी उत्पादनसंग प्रतिस्पर्धा समस्या भएर नेपाली उद्योगीहरु विस्थापन भइरहेको अवस्थामा नेपालले उद्यमलाई आत्मनिभएर बनाउन अब सरकारी कर्मचारी र सुरक्षाकर्मीले अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने नियम लागू गर्न लागेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले त्यसका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको बताएका छन् । खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुका लागि यो नियम लागू हुनेछ ।

उनले त्यसका लागि गुणस्तरीय उत्पादन र त्यसको मूल्य सहज बनाउन समेत उद्योगीहरुले ध्यानाकर्षण गराएका छन् । सरकारले आफ्नो तर्फवाट स्वदेशी उद्योगहरुलाई स्थापित गर्ने नीति ल्याउने र उद्योगीहरुले पनि गुणस्तरमा ध्यान दिएर त्यसको मूल्य समेत सहज बनाउनुपर्ने मन्त्री खतिवडाको भनाई थियो । बिहीबारबाट काठमाडौंमा सुरु भएको यार्न एण्ड टेक्सटाईल एक्स्पो–२०१९’ को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनले स्वेदशी उद्यमहरुलाई आत्मनिर्भर बनाउन सरकारले १५ प्रतिशत संरक्षण दिने व्यवस्था गरेको पनि बताए।

अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन पनि निजी क्षेत्रलाई आह्वान गरेका छन् । उनले हेडौडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको र केही दिन भित्रै त्यसलाई मन्त्रीपरिषदबाट पारित गराउने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *