नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे को टिम अलग भएपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए तर, त्यही टिमले नयाँ नाममा नेपाल टेलिभिजनबाटै अर्को कमेडी सिरियल सुरु गरेको छ जिग्रीपाँडेको समुहले निर्माण गरेको ‘सक्किगोनी’ को पहिलो एपीसोड बिहीबार बेलुकी प्रशारण भयो निकै प्रतिक्षित बनेको यो एपिसोडले दर्शकलाई कति सन्तुष्टी दियो त यूट्यूवमा आएका कमेन्टहरु हेर्दा निर्माण पक्ष उत्साहित बनेको हुनुपर्छ ।
अधिकांस प्रतिक्रिया सकारात्मक छन् ।पहिलो एपिसोडको सुरुवातमा पाँडे र जयन्तेले लुडो खेलिरहेको देखाइएको छ त्यसमा पाँडेले बोलेको पहिलो डाइलग अर्थपूर्ण छ। माथि उक्लिसकेको आफ्नो गोटी साँपको मुखमा परेर तल झरेपछि उनी भन्छन्, ‘कत्रो रगत पसिना लगाएर माथि उकालेको, फेरि तलैबाट सुरु गर्नुपर्ने भयो ।’
जिग्री-पाँडे अहिले ठीक यही अवस्थामा छन् उनीहरुले सुरुवात गरेको भद्रगोलले निकै उचाई लियो र लोकप्रियता कमायो तर, अहिले फेरि उनीहरु नयाँ प्रस्थानविन्दूमा आइपुगेका छन् पहिलो एपिसोडबाट सुरु गर्नुपरेको छ ‘सक्किगोनी’मा देखाइएको गाउँ नयाँ भए पनि पात्रहरु सबै पुरानै हुन् साथै यसअघि भद्रगोलबाट बाहिरिएका कलाकार सीपी पुडासैनी धतुरे र शंकर आचार्य वरिष्ठे ले पुनरागमन गरेका छन् कलाकारहरुको भीड धेरै भएकाले पहिलो एपिसोडमा सबैले स्थान पाएनन् ।
पहिलो एपिसोड पाँडे र धतुरेमाथि बढी केन्द्रित छ साथै नयाँ कलाकार मुन्नी प्रियना आचार्य मुन्नी लाई पनि हाइलाइट गरिएको छ भद्रगोलका पछिल्ला दुई एपिसोडमा मात्र अभिनय गरेकी मुन्नी सामाजिक सञ्जालमा चर्चित बनेकी थिइन् उनले अबका एपिसोडहरुमा राम्रै स्थान पाउने संकेत देखिएको छ ।
डेंगुको विषयवस्तुलाई हास्यास्पद ढंगले पेश गरेर कथालाई समसामयिक बनाउन खोजिएको छ यही टिमले बनाएका भद्रगोलका पछिल्ला एपिसोडहरु कमजोर स्कृप्टका कारण फितला हुँदै गएका थिए ‘सक्किगोनी’ को पहिलो एपिसोडमा हेर्दा स्कृप्टमा मिहिनेत गरिएको देखिन्छ धतुरेलाई पाँडेले चौतारीमा लगेर सुताइदिएको र बलेले सन्नी लियोनीको तस्वीरलाई माता भन्दै पूजा गरेका दृष्यहरु रमाइला छन् ।