मनोरंजन

महासंघ अध्यक्ष राणालाई पदक

काठमाडौं– सरकारले संविधान दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई समेत सम्मान गर्ने निर्णय गरेको छ। राणालाई सरकारले कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गर्ने भएको हो।

राणा २०७३ मा ३ वर्षे कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुगेकी हुन्। होटल लगायत विभिन्न क्षेत्रमा राणाको लगानी रहेको छ।संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रका गरी कुल ६ सय २५ जानलाई पदक दिने घोषणा गरेको हो।

अन्य समचार

‘छ माया छपक्कै’ ट्रेलरः ‘राजनीतिक पृष्ठभूमीमा हुर्किएको दीपक–केकीको प्रेम’

चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । गाउँमा राजनीतिक पृष्ठभूमीमा हुर्किएको एक पुरुष र एक यूवतीको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, नायिकाद्धय केकी अधिकारी, सुपुष्पा भट्टको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरमा एउटा सामान्य मानिस कसरी राजनीतिमा लाग्छ र नेता बन्छ भन्ने देखाउन खोजिएको छ । साथै, फरक राजनीतिक पृष्ठभूमी भएका केटा र केटीको प्रेम कथालाई चलचित्र देखाउन खोजेको वुझ्न सकिन्छ ।चलचित्र ‘छ माया छपक्कै’ असोजको २४ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ । चलचित्रमा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ । रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

विपिन मल्लको सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्र ‘वडा नम्बर ६’को निरन्तरता नभएको निर्माता तथा कलाकार दिपकराज गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *