अन्तरास्ट्रिय

अमेरिकाले दियो चीनलाई राहत, ४०० भन्दा बढी सामानमा लगाएको कर हटाउने

काठमाडौं : अमेरिकाले ४ सय भन्दा बढी चिनियाँ सामानमा लगाउँदै आएको अतिरिक्त कर हटाउने भएको छ । गत वर्ष डोनाल्ड ट्रम्प प्रशासनले ४३७ प्रकारका चिनियाँ सामानमा अतिरिक्त कर लगाएको थियो । उक्त कर शुक्रबारदेखि हटाइन लागेको हो । तर यो व्यवस्था अस्थाई रुपमा मात्र लागू हुनेछ । क्रिसमस रुखमा प्रयोग हुने लाइट, प्लास्टिक स्ट्र, सर्किट बोर्ड लागायत सामानमा लगाउँदै आएको कर अमेरिकाले हटाउन लागेको हो ।

अमेरिकी सरकारले गत वर्ष २५० अर्ब डलर बराबरको चिनियाँ सामानमा कर बढाएको थियो । अहिले छुट दिन लागिएका समान पनि सोही भित्र पर्दछन् । तर कुल करको कति हिस्सा कर हटाइन लागिएको भने प्रष्ट भइसकेको छैन । यी दुई देशबीच व्यापार युद्ध चर्किएको एक वर्ष भन्दा धेरै भइसकेको छ । जसलाई हल गर्नका लागि अक्टोबरमा अमेरिकाको वाशिङ्टनमा चीन र अमेरिकाबीच उच्चस्तरिय वार्ताको तयारी भइरहेको छ ।

यता, दूवै देशले एकअर्काको सामानमा कर बढाउन भने छोडेका छैनन् । केही सामानमा छुट दिने घोषणा गरे लगत्तै अन्य सामानमा कर वृद्धि गरिएको खबर आइनै रहेका छन् । तर पछिल्लो समय व्यापारिक वार्ता निरन्तर पहल भइरहेका छन् । अमेरिकी सरकारले २५० अर्ब डलरको सामनमा कर बढाउने समय पर धकेलेपछि चीनले आयात हुने १६ वटा अमेरिकी उत्पादनहरुमा कर छुट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *