प्रमुख समाचार

पशुपतिनाथ मन्दिरको मूल ढोका अगाडि बम भेटियो

काठमाडौं, ३ असोज । पशुपतिनाथ मन्दिरको मूल ढोका अगाडि बम भेटिएको छ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँ बम डिस्पोज गर्नको लागि नेपाली सेना र सशस्त्र प्रहरीको डिस्पोजल टोली खटिईरहेको छ ।

पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पका साथ विशेष पूजा
संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

यस अवसरमा कोषले बिहीबार बेलुकी पशुपति मन्दिर परिसरमा भक्ति सङ्गीत कार्यक्रम आयोजना गर्नुका साथै दीपावली समेत गरेको थियो । कार्यक्रममा कोषका सदस्य–सचिव डा.प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापालगायत कर्मचारी सहभागी भएका थिए । यस अवसरमा शुक्रबार र शनिबार पनि पशुपति क्षेत्रमा दीपावली गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *