मनोरंजन

दिनेश डिसीलाई जनसेवाश्री

काठमाडौं । कलाकार एवं सञ्चारकर्मी दिनेश डिसीलाई जनसेवाश्री मानपदवी प्रदान गरिने भएको छ ।जनसेवाश्री पाउने अन्य कलाकारहरुमा नायक निखिल ऊप्रेती, नायीका श्वेता खड्का, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, भुवन चन्द, शुरेश अधिकारी, स्व खुशीराम पाख्रिन, नारायण देवी प्रधान, एक नारायण भण्डारीलगायत छन् ।

नेपाल सरकारले पाँच किसिमका जनसेवा श्री पदक प्रदान गर्ने गर्छ । जसमा प्रथम श्रेणी  सुप्रसिद्ध प्रबल जनसेवा श्री, द्वितीय श्रेणी प्रसिद्ध प्रबल जनसेवा श्री, तृतीय श्रेणी सुप्रबल जनसेवा श्री, चतुर्थ श्रेणी प्रबल जनसेवा श्री, र पञ्चम श्रेणी जनसेवा श्री रहेको छ ।यसमध्ये अधिकांश कला क्षेत्रका ब्यक्तित्वले तृतीय र चतुर्थ श्रेणीको पदक प्राप्त गरेका हुन् । जनसेवाश्री मानपदवी चतुर्थ श्रेणी प्राप्त गरेका कलाकार डिसी सरकारबाट सर्प्राईज खुशी मिलेको बताऊँछन् ।

राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई जनसेवाश्री मानपदवी यो वर्षको विभिन्न कलाकार समेतलाई प्रदान गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *