राजनिति

समृद्धिको लक्ष्य हासिल गर्न सबै दललाई एकजुट हुन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आग्रह गरेकी छन् ।राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयन हुँदै गइरहेको उल्लेख गर्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरुले मुलुकको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर हुने विश्वास पनि व्यक्त गरिन् ।संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि प्रशंशा गरिन् ।

राष्ट्रपति भण्डारीले तत्कालीन नेपाली काँग्रेसका सभापति समेत रहनु भएका स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याइन् ।कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको चर्चा गरे । संविधान सभाका अध्यक्ष समेत रहेका उनले संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि प्रशंशा गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *