प्रमुख समाचार

आज राति बुर्ज खलिफामा नेपाली झण्डा झिलिमिली

काठमाडौँ -संयुक्त अरब इमिरेट्स (युएइ)को दुबईमा रहेको संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा झिलिमिली हुने भएको छ ।युएईको अबुधाबीस्थित नेपाली दूतावासले शुक्रवार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा प्रोजेक्टरमार्फत नेपाली झण्डा झिलिमिली पारिने जानकारी दिएको छ ।

संविधान तथा राष्ट्रिय दिवसको अवसरमा संसारकै अग्लो भवनमा नेपाली झण्डा झिलिमिली गराएर युएईले दुई देशबीच भाइचाराको सन्देश दिन खोजेको हो ।यसअघि युएईले भारत, पाकिस्तान लगायतका अन्य देशहरूको स्वतन्त्रता दिवसका दिन बुर्ज खलिफामा झण्डा झिलिमिली गर्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *