खेलकुद

प्रशिक्षक भन्छन्- कोहली नै आरसीबीका कप्तान हुन्

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) को कप्तान विराट कोहली नै हुने भएका छन् ।२०१९ को इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आरसीबीले खराब प्रदर्शन गरेको थियो । त्यसको मुख्य कारण कप्तान विराट कोहलीले राम्रो गर्न नसक्नु भन्दै आलोचना भएको थियो । तर, आगामी संस्करणको लागि विराट काहलीले नै आरसीबीको कप्तानी सम्हाले भएका हुन् ।

विराट कोहलीको कप्तानीमा आरसीबीले १४ खेलबाट ५ खेलमा मात्रै जित हात पार्दा ८ खेलमा हार ब्यहोर्दै ११ अंक बनाएर अंक तालिकाको पुछारमा रहेको थियो ।

आरसीबीका प्रशिक्षक सिमोन कटिचले विराट कोहली नै कप्तान रहने बताएका छन् । प्रशिक्षक कटिचले भने, ‘हरेक क्षण फरक-फरक राय आउने गर्छ । विगत केहि हप्तादेखि कप्तान परिवर्तनको कुरा हुँदैछ । तर, हाम्रो लागि विराट नै कप्तान हुन् । यसमा प्रश्न छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *