प्रमुख समाचार

पशुपतिनाथ क्षेत्रमा दुई वटा बम फेला, सेनाद्वारा निस्क्रिय

काठमाडौं–राजधानीको पशुपतिनाथ क्षेत्रमा दुई वटा बम फेला परेको छ। शुक्रबार साँझ पशुपतिस्थित विश्वरुपा जाने बाटो र गेटबाहिर बम फेला परेको प्रहरीले जनाएको छ ।

बम फेला परेको खबर पाएसँगै तत्काल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निश्क्रिय पारेको थियो । बम फेटिएसँगै सो क्षेत्रमा केहीबेर त्रास फैलिन पुगेको थियो ।सो बम सकेट बम भएको बताइएको छ ।बम कसले र किन राख्यो भन्नेबारे खुल्न नसकेको भन्दै प्रहरीले यसबारे अनुसन्धान सुरु गरिएको जनाएको छ।

पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
पशुपतिनाथ मन्दिरको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ ।पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो ।गौशाला वृत्तका अनुसार केही समय अघि सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको छ । उक्त वस्तुमा तार बेरिएको अवस्थामा रहेको थियो । उक्त शंकास्पद बस्तु बम भएको वा नभएको बारे प्रहरीले केही बताएको छैन ।प्रहरीका अनुसार घटनाबारे अनुसन्धान गरेपनि आसपास अन्य कुनै शंकास्पद वस्तु भने फेला परेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *