प्रमुख समाचार

संविधान दिवसमा दीप प्रज्ज्वलन

काठमाडौं, असोज ३ । चौथो संविधान दिवसका अवसरमा विभिन्न संघ–संस्था र संगठनहरुले दीप प्रज्ज्वलन गरेका छन् ।शुक्रबार साँझ काठमाडौंका विभिन्न संस्थामा नेपालको नक्सा, राष्ट्रिय झन्डा बनाएर मैनबत्ती बालेर दीप प्रज्ज्वलन गरिएको हो ।दीप प्रज्ज्वलन गर्नेहरुले संविधान कार्यान्वयनमा जोड दिँदै सविधानमा सबैको अपनत्व कायम गर्नुपर्न बताएका थिए ।

संविधान दिवसमा बारामा दीपावलीबारा  चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बाराको निजगढमा शुक्रबार साँझ दिपावली गरिएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निजगढ नगर कमिटीको आयोजनमा शहीद चोकस्थित पार्टी कार्यालयअगाडि दीपावली गरिएको हो। नेपालको नक्साभित्र संविधान दिवस २०७६ लेखिएको थियो। नेक्सामाथि नेपालको झण्डा फहराइएको चित्र कोरेर मैनबत्ती बालेर दीपावली गरिएको हो।

दीपावली कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य रवीराज दंगाल, उपमेयर लिलादेवी लामिछाने, नेता एकबहादुर श्रेष्ठ, दिलबहादुर लामा, दुर्गा कोईराला लगायतको सहभागिता रहेको थियो। दीपावली गर्न स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो।

वडा–वडामा दिपावलीसंविधान दिवसको अवसरमा निजगढ, कोल्हवी, जीतपुरसिमरा लगायतका स्थानीय तहका केन्द्र र वडा कार्यालयमा समेत दीपावली गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *