मनोरंजन

मुन्ना भाइ एमविविएसको तेस्रो सिक्वेल अर्को वर्ष आउने

संजय दत्तको चर्चित फिल्म ‘मुन्ना भाइ एमविविएस’को तेस्रो सिक्ेवल अर्को वर्ष आउने भएको छ । संजय दत्त ‘मुन्ना’ र अरशद वारसी ‘सर्किट’को भूमिकामा रहेको उक्त फिल्मले दर्शकलाई राम्रो प्रभाव पारेको थियो ।

मुन्ना र सर्किटलाई गुण्डागर्दीको भूमिकामा राखेर बनाइएको कमेडी फिल्म दर्शकले खुब रुचाएका थिए । सोही फिल्मको दोस्रो सिक्वेल ‘लगे रहो मुन्ना भाइ’ पनि दर्शकले रुचाए । सन २००३ मा बनेको पहिलो फिल्मको सिक्वेल तीन वर्षपछि २००६ मा बनेको थियो । त्यसपछि संजय दत्त कानुनी झमेलामा परेर तेस्रो सिक्वेलको काम भने हुन सकेको थिएन । फिल्म निर्माता राजकुमार हिरानीले तेस्रो सिक्वेलको तयारी गरिरहेको हालै एक कार्यक्रममा संजय दत्तले सार्वजनिक गरेका छन् ।

संजय दत्त अहिले आफ्नो फिल्म ‘प्रस्थानम’को प्रचारमा व्यस्त छन् । उनले प्रस्थानमको प्रचारकै क्रममा आयोजित पत्रकार सम्मेलनमा सन २०२० मा तेस्रो सिक्वेल आउन सक्ने खुलासा गरेका हुन् ।राजकुमार हिरानीले तेस्रो सिक्वेलका लागि काम गरिरहेको जानकारी दिँदै उनले छिटै आउने संकेत गरेका थिए । संजय दत्त भन्दा पहिले नै अरशद वारसीले पनि तेस्रो सिक्वेल आउने संकेत गरिसकेका छन् । हिरानीले मुन्ना र सर्किटको मित्रतामा आधारित फिल्मका लागि काम गरिरहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *