राजनिति

मलेसियासँगको श्रम सम्झौता कार्यान्वयन गर्न सरकारलाई व्यवसायीको चुनौती

काठमाडौं, असोज ३ । व्यवसायीहरुले सरकारले मलेसियासँग गरेको श्रम सम्झौता कार्यान्वयन गर्न नसक्ने चुनौती दिएका छन् ।सरकारले कामदारका लागि आवश्यक पर्ने रकम रोजगारदाताले व्यहोर्ने गरी गरेको सम्झौता कार्यान्वयन गर्नु सरकारको ठूलो चुनौती रहेको उनीहरुको भनाइ छ ।

सरकारले सस्तो लोकप्रियताका लागि गहिरिएर अध्ययन नै नगरी यो सम्झौता गरेकाले कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरुको भनाइ छ ।सरकारले परिवर्तनको नाममा कार्यान्वयन गर्नै नसक्नेखालको सम्झौता गरेको व्यवसायीहरुको टिप्पणी छ ।

सरकारले मलेसियमा रोजगारीका लागि ढिला नै ढोका खोले पनि व्यवसायीले व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने र व्यावहारिकरुपमा पनि सहज हुने निर्णय गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालको भनाइ छ ।सरकारले गत वर्षको कात्तिक १२ गते मलेसियासँग श्रम सम्झौता गरेको थियो । तर, कार्यान्वयनका लागि भने गएको हप्तामात्रै समझदारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *