मनोरंजन

हनुमानले कसलाई ल्याएका थिए सन्जिवनी ? सोनाक्षीलाई छैन थाहा

एजेन्सीबलिउड अभिनेत्री सोनाक्षी सिन्हा केही घन्टा यता इन्टरनेटमा हटकेक बनेकी छिन् । त्यसो त उनको ज्ञानलाई इन्टरनेट वा सामाजिक सन्जालमा बढी आलोचना गरिएको छ ।किनकि उनलाई सामान्य कुराहरु पनि थाहा रेहनछन् । कतिसम्म भने उनलाई हनुमानले कसका लागि सन्जीवनी बुटी ल्याएका थिए भन्ने पनि थाहा रहेनछ ।

यो प्रसंग हो, भारतीय टिभी कार्यक्रम कौन बनेका करोडपतिको । सोनाक्षी ११ औं सिजनको यो कार्यक्रममा राजस्थानकी एक उद्यमी रुमा देवीसँग सहभागी थिइन् । उनी विशेष पाहुनाका रुपमा कार्यक्रममा सहभागी थिइन् । उनलाई प्रश्न सोधियो रामायणका अनुसार हनुमानले कसका लागि सन्जिवनी बुटी लिएर आएका थिए ? अप्सनहरु थिएसुग्रीव, लक्ष्मण, सीता र राम ।

सोनाक्षीलाई यो जवाफ थाहा नभएपछि उनले पहिले लाइफलाइन लिइन् । अनि त्यसपछि उनले आफ्नो जवाफ भनिन्– लक्ष्मण ।यतिमात्र के भनेकी थिइन्, सोनाक्षीलाई अहिले सामाजिक सन्जालमा निकै उडाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *