प्रमुख समाचार

गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टरको भूकम्प

, काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो ।एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ । २०७२ वैशाख १२ गते गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाादा ठूलो जनधनको क्षति भएको थियो ।

गोरखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलकाे भूकम्प गयाे
गाेरखा – गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान चार रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *