मनोरंजन

सोनू निगम आइकन अवार्डले सम्मानित

काठमाडौं बलिउडका चर्चित गायक सोनू निगम ब्रिटेनको बार्षिक २१ औं सताब्दीको आइकन अवार्डले सम्मानित भएका छन् ।यस पुरस्कार समारोहमा विश्वभरबाट छानीएका मध्ये सोनू निगम पनि थिए ।निगमले समारोहमा बोल्दै यस पुरस्कारका लागि आफू चुनिदा निकै आभारी भएको बताएका छन् ।

‘नेपाल लोक स्टार’मा सात जना प्रतिस्पर्धी बाँकी, बाहिरिए प्रभुराज
मौलिक रियालिटी शो सांगीतिक प्रतियोगिता ‘नेपाल लोक स्टार’मा सात जना प्रतिस्पर्धी बाँकी छन् । बिहीबारको प्रस्तुतीका आधारमा शुक्रबार प्रभुराज पाण्डे बाहिरिएपछि सात प्रतिस्पर्धी बाँकी रहेका हुन् ।

प्रतियोगितामा अब रामकुमार नेपाली, रवीराज शाह, चेतन गोतामे, शनी विश्वकर्मा, विनोद दनुवार, पविन्द्र सुनार र दीपेन्द्र राई बाँकी छन् ।ओखर बोट, स्वर सम्राट, किङ्ग प्यालेस लगायत दोहोरी साँझमा दोहोरी गाइसकेका बाजुराका प्रभुराज बालो नाच, ठाडी भाका देउडा राई झुम, यो नानीको शीरैमा, बेली चमेली, जिम्वाल वाको आगनीमा, सुनकोषी पूर्व पर्यो, मलाई अमेरिका यही लगायत गीत गाएर उत्कृष्ट आठसम्म आइपुगेका हुन् ।

टप २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको छ ।३६ औं श्रृंखलासम्म प्रशारण हुने कार्यक्रमको २६औं श्रृंखला प्रशारण भइसकेको छ । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ करसहित पुरस्कार प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *