मनोरंजन

नायिका श्वेता खड्का ‘प्रवल जनसेवाश्री’ पदकबाट विभूषित

काठमाडौ, ४ भदौ । सिन्धुपाल्चोकको ईन्द्रावती नदी किनारका ५३ घर माझी परिवारका लागि एकिक्रित बस्ती बनाउँदै गरेकी नायिका श्वेता खड्का संबिधान दिवसको अवसरमा ‘प्रवल जनसेवाश्री’ पदकबाट विभूषित हुने भएकी छन् ।

संविधान दिवसको अवसरमा राष्ट्रपतीबाट प्रदान गरिने उक्त पदकबाट विभूषित हुनेमा आफ्नो नाम पनि समाबेश भएको भन्दै नायिका खड्का आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गरेकी छन् ।

नायिका खड्काले आफुलाई उक्त पदकको लागि चयन हुन्छु भन्ने सपनामा समेत नसोचेको बताउँदै नेपाल सरकारको उक्त निर्णय आफ्नो लागि सप्राइज भएको बताइन् । उनले विभुषित गर्ने खबरले मलाई जती हर्सित तुल्याएको छ त्यत्तिनै थप जिम्मेवार बन्न दवाब पनि सिर्जना गरेको बताइन् ।

ब्यापारिक् , सामाजिक र कलाको क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल नायिका खड्काको अगुवाईमा बनिरहेको माझी बस्तीमा यतिखेर ५३ वटा घरहरु निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *