मनोरंजन

हिमाचल गएर अग्र्यानिक खेती गर्ने यमी इच्छा

बलिउड अभिनेत्री यमी गौतम फिल्म ‘बाला’मा देखिदै छन् । यो फिल्म १५ नोभेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदैछ । ‘बाला’मा अभिनेत्री यमी आयुष्मान खुरानाका् अपोजिटमा देखिदैछन् । अहिलेको समय उनी आफ्नो होमटाउन हिमाचल जाने तयारीमा छन् । त्यहाँ उनले अग्र्यानिक फार्मिङको विषयमा नयाँनयाँ तरिकाको जानकारी लिनेछन् ।

एक अन्तर्वार्ताको क्रममा अभिनेत्री यमीले भनेकी थिइन् ‘फिल्म गिन्नी वेड्स सनीको सुटिङ सकेसँगै त्यहाँ जान्छु । पछिल्लो समय हामीले जग्गा किनेका छौं । त्यहाँ राम्रो खेती हुन्छ । हामीले अझैं त्यहाँ सुधार गर्न सक्छौं ।’

यो भन्दा पहिल्यै यमीले एक ग्रीन हाउस पनि बनाइसकेकी बताइएको छ, भने उनले पहाडको आफ्नो घरमा एक अग्र्यानिक बगैचा पनि बनाइसकेकी छन् ।अहिले अभिनेत्री यमीको नयाँ फिल्म ‘गिन्नी वेड्स सनी’ फ्लोरमा गइसकेको छ । यो फिल्ममा उनी बिक्रान्त मैसीको अपोजिटमा देखिदैछन् । यो फिल्मलाई दिल्ली, नोएडा, मनाली र गाजियाबादमा सुटिङ गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *