आजको पञ्चाङ्ग
मिति २०७६ साल असोज ७ गते मंगलबार। इस २०१९ सेप्टेम्बर २४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। नेसं ११३९ ञलगा, आश्विन कृष्णपक्ष। दशमी, ११ः४३ उप्रान्त एकादशी तिथि।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दैनिक साधना जुर्नाले प्रसन्नता मिल्नेछ। साझेदारीमा फाइदा होला। विद्या क्षेत्रमा भने निकै सफलता रहला।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चुनौती पछ्याउँदै जाँदा नबनेका काम पनि बन्ने छन्। वैदेशिक क्षेत्रबाट भने नोक्सानी होला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज गीत संगीतमा रमाउने योग छ। पूर्व प्रेमिकासँग सम्बन्ध राम्रो रहला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आज आय आर्जनका स्रोत बढ्नेछन्। व्यापारमा पनि निकै फाइदा होला। चन्द्रमा अलि कमजोर हुँदा चिसोबाट बच्नु पर्ला।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लगनशीलताले किर्तिमान दिलाउन सकिनेछ। मनमा शान्ति र मुहारमा कान्ति आउनेछ। धन लाभ हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कामका लागि गरिएको भ्रमणमा समय मात्र खेर जाने छ। समस्या थपिन सक्छन्। साना काममा अल्झनु पर्दा मन अशान्त हुनेछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरुसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन क्षेत्रमा रुची बढ्नेछ।
बृश्चिक –तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अस्वस्थताका बावजुद कामको दायित्व बढ्नेछ। सानातिना कामका महत्वपूर्ण समय वित्नेछ। मनमा कुराहरु खेल्नेछन्।
धनु –ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यवसायमा लाग्नेहरुलाई विशेष फाइदा होला । रुचीका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरहरु मिल्नेछन्।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
भविष्यका लागि विशेष काममा जग बसाउने समय छ। व्यापारमा प्रसस्त फाइदा होला। धन लाभ हुनेछ।
कुम्भ –गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सोचका काममा समय वित्नेछ। उपलब्धि प्राप्त गर्न निकै मेहनत गर्नुपर्ला। काम पुरा नहुनाले मन खिन्न होला।
मीन –दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईको लागि आजको दिन निकै महत्वपूर्ण रहेको छ। बेलैमा समयको सदुपयोग गर्नुहोला। सोचेका काममा सफलता प्राप्त गर्ने दिन छ।
नोटः ज्योतिष बास्तुसँग सम्बिन्धित कुनै पनि समस्या छन् र ज्योतिष सम्बन्धि सल्लाह लिन चाहनुन्छ भने हामीलाई सम्झनुहोस्।
विन्ध्यवासिनी ज्योतिष सेवा सदन, पोखरा
गणितिय युवा ज्योतिष भवेश भट्टराई
सम्पर्कः ९८४६८५५२११, ९८२७१२२०२७
विन्ध्यवासिनी भगवती मन्दिरमा पूजाआजा हुने दैनिक कार्यतालिका
१) विन्ध्यवासिनी भगवतीको प्रातः कालिन नित्यपूजा ४ः३० देखि ५ः४५ बजेसम्म हुनेछ।
२) नित्यपूजा पश्चात मात्र दर्शनार्थीहरुका लागि मन्दिर ६ः०० बजे खुल्ला रहनेछ।
३) ११ः४५ देखि १२ः०० बजेसम्म मध्याह्न पूजा हुनेछ।
४) दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मन्दिर बन्द रहनेछ।
५) ३ः०० बजेदेखि ४ बजेसम्म मन्दिर सरसफाइ हुनेछ।