खेलकुद

लिभरपुलको शतप्रतिशत नतिजा

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा साबिकको उपविजेता लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लिभरपुलले आइतबार राति लन्डन क्लब चेल्सीलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै आफ्नो अपराजत यात्रालाई छैटांै खेलसम्म लब्म्याएको हो।

स्टामफोर्ड ब्रिजमा लिभरपुलाई जिताउन एलेसान्दर अर्नाेल्ड र रोवर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका एङगोलो कान्टेले एक गोल फर्काए ।प्रतिस्पर्धात्मक बनेको खेलमा पाहुना टोलीका अर्नाेल्डले खेलको १४औं मिनेटमा गोल गरेका थिए । मोहम्मद सलाहको चलाखीपूर्ण पासमा अर्नाेल्डले गोल गर्न सफल भएका थिए । २७औं मिनेटमा चेल्सीका कप्तान सिजरले गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा गोलको मान्यता पाएन ।

३०औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७१औं मिनेटमा कप्तान सेजरको पासमा कान्टेले गोल गर्दै खेललाई २–१ को अन्तरमा झारे । ८१औं मिनेटमा मासन माउन्टको प्रहारलाई लिभरपुलका गोलरक्षक एड्रियनले मुस्किलले बचाउदा चेल्सी बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो । जितसँगै अपराजित रहेको लिभरपुलले ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ५ अंकले पछि पारेको छ । पराजित चेल्सी ८ अंकसहित ११औं स्थानमा छ ।

यता, लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथि ३–२ को पुनरागमन जित निकालेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले खेलमा दुईपटक पछि परेर पनि ३–२ को पूनरागमन जित निकाल्न सफल भएको हो । आर्सनलको जितमा निकोलस पेपे, कलुम च्याम्वर्स र पिएरे हेनरिक औवामियाङले गोल गरे । एस्टन भिल्लाका जोन म्याक्जिन र वेस्लेले गोल गरे । जितसँगै आर्सनल ६ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

पराजित भिल्ला ४ अंक जोडेर १८औं स्थानमा छ ।सुपरस्टार फरवार्ड नेयमारले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्च लिग वान फुटबलमा विजयी भएको छ । पीएसजीले लियोनलाई उसकै मैदानमा १–० ले हराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *