मनोरंजन

आलियाले खोसिन् प्रियंकाको सिनेमा

बलिउड अभिनेत्री आलिया भटले प्रियंकाले गर्ने भएको सिनेमा खोसेकी छन्।संजय लिला भन्सालीले निर्माण गर्ने सिनेमाले कमाठीपुरामा वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनी पेस गर्नेछ। आलियाले प्रियंकाबाट यही सिनेमा उछिट्याएकी हुन्।

यो सिनेमा प्रियंकाले गर्ने चर्चा लामो समयदेखि चल्दै आएकोमा हाल आएर ‘इन्शाल्लाह’ सिनेमा सुटिङको मुखमा बन्द भएपछि संजयले आलियालाई खेलाउन लागेको नयाँ सिनेमा यही भएको बताइन्छ।संजयले ‘इन्शाल्लाह’के सुटिङ तालिकामा यो सिनेमा गर्न लागेका हुन्।

किक– २ मा सलमान र ज्याकलिन !
किकको सफलतापछि नै किक२ बन्ने चर्चा शुरू भएको थियो ।अहिले फिल्मका निर्माता निर्देशक साजिद नाडियाडवालाले यसको स्क्रिप्ट फाइनल गरेका छन् ।यसको सुटिङ २०२० को शुरूवातमा शुरू हुने बताइएको छ । सलमान खानको एक पटक पुन डेबिल देवीलाल सिंह को भूमिकामा देखिने छन् ।

यसमा उनको यही भूमिकालाई अघि बढाइने छ । साजिदले यसको निर्देशन भने गर्ने छैनन् । यो जिम्मेवारी अरू कसैलाई दिइनेछ । सलमानको साथमा ज्याकलिन रहने बताइएको छ ।साजिद र सलमानको दोस्ती मजबुत छ । जित, जुडवा, हर दिल जो प्यार करेगा, जानेमन र किकजस्ता पाँच फिल्ममा उनीहरूले एकसाथ काम गरे । किक– २ उनीहरूको छैटौं फिल्म हुनेछ । अन्नपूर्णमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *