मनोरंजन

टिकटक बनाउने एयरहोस्टेसलाई चेतावनी

पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई सोसल मिडियामा टिकटक भिडियो सेयर गरेको भन्दै आइन्दा यसो नगर्न चेतावनी दिएको छ ।सोसल मिडियामा सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेको देखिएका छन् ।

एक भिडियोमा उनीहरु एयरपोर्टमा थिए जबकी दोस्रो भिडियो उडानको क्रममा बनाइएको छ ।पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका प्रवक्ता मशहुर ताजवरले ड्युटीको क्रममा युनिफर्ममा नै भिडियो बनाएका कारण यी दुई क्याबिन क्रुलाई वार्निङ दिइएको जानकारी दिएका छन् ।

पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएको बताएका छन् । त्यसकारण उनीहरुलाई जागिरबाट बर्खास्त गर्नुको साटो चेतावनी मात्र दिइएको बताए ।

यसअघि न्याब नेशनल अकाउन्टेबिलिटी ब्यूरो का अध्यक्षले भिडियो ब्लगर ईवा जुबेकलाई नोटिस जारी गरेका थिए जब उनले पाकिस्तानको राष्ट्रिय झण्डालिएर नाचेर एउटा भिडियो बनाएकी थिइन् । त्यसकारण पिआईएका केही अधिकारी अहिलेसम्म अदालतको चक्कर काटिरहेका छन् ।

अर्कोतर्फ पिआईएका लागि काम गर्ने एक अधिकारीले भने, ‘यो भिडियो रोचक र ठट्टायुक्त छ । तर दुर्भाग्यवश, हामी त्यस्तो प्रकारको एयरलाइन्स होइनौं जसमा यस्तो मजाकको प्रशंसा गरियोस् । यदि यस्तै इमिरेट्स वा लुफथानसा एयरलाइन्समा हुन्थ्यो भने यो सबै चल्थ्यो । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *