मनोरंजन

सलमान खानले भने, ‘रानु मण्डललाई ५५ लाखको घर दिएकै छैन’

भारतको पश्चिम बंगालस्थित रानाघाट रेलवे स्टेशनमा लता मंगेशकरको ‘एक प्यार का नगमा है’ गीत गाएको भिडियो भाइरल भएपछि चर्चामा रहेकी रानु मण्डलका विषयमा फेरि नयाँ विषय सार्वजनिक भएको छ।

बलिउड गायक हिमेश रेशमियाले रानु मण्डललाई आफ्नो फिल्मका लागि गीत गाउने मौका पनि दिए। फिल्म ‘ह्याप्पी हार्डी एन्ड हिर’मा गीत गाउने मौका पाएकी रानुको चर्चा जताततै छ।भारतीय सञ्चारमाध्यममा आएको एउटा खबर अहिले झुटो सावित भएको छ। बलिउड नायक सलमान खानले रानुलाई ५५ लाखको फ्लाट दिएको चर्चा भयो।

लगतै ५५ लाख भारतीय रुपैयाँ मूल्य बराबरको घर दिएको खबरले सनसनी मच्चियो। तर, सलमान खानले ५५ लाखको घर दिएको समाचारमा सत्यता नरहेको बताएका छन्।दबंग ३ मा गीत गाउने अवसर दिए पनि घर दिएको खबर असत्य रहेको उनले बताए। ‘रानु मण्डललाई ५५ लाखको घर दिएकै छैन,’ उनले भने, ‘नगरेको कामको क्रेडिट लिनु भएन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *