प्रमुख समाचार

दुई दिन स्थिर रहेको सुन फेरि बढ्यो, यसरी हुँदैछ कारोबार

काठमाडौं : सुनको भाउ मंगलबार फेरि बढेको छ । सोमबारकोे तुलनामा मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ सय रुपैयाँ बढेर ७१ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुन पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर ७१ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । दुई दिनसम्म स्थिर रहेको सुनको भाउ आज बढेको हो । पछिल्लो समय सुनको मूल्यमा तीब्र उतारचढाव हुँदै आएको छ ।

यता, चाँदीको मूल्य भने तोलमा १० रुपैयाँ वृद्धि भएर तोलाको ८८५ रुपैयाँ पुगेको छ । अहिले चाडवार्डको सिजन हो । चार्डवार्ड नजिकिएसँगै सुनको माग बढ्ने गर्छ । तर, यो वर्ष सुनको मूल्यमा भारी वृद्धि भएकाले पर्वमा समेत सुनको माग घट्न सक्ने व्यवसायीहरुले आँकलन गरिरहेका छन् । नेपाली बजारमा भाउ बढेपछि कारोबार भने सुस्त भएको छ ।

यसअघि सुनको भाउ भदौ १८ गते हालसम्मकै उच्च प्रतितोला ७३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिआउन्स न्यूनतम १ हजार १९.६८ डलरदेखि १ हजार ५२३.१७ डलर सम्म कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *