खेलकुद

राष्ट्रिय क्रिकेट टिम सिंगापुर जाँदै

कठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जाँदैछ । सिंगापुरमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि टोली आज सिंगापुर जान लागेको हो । टोली आज राति सवा १० बजे सिल्क एयरमार्फत सिंगापुर प्रस्थान गर्ने टोलीका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिए । सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाबेसँगै सिंगापुरसँग २–२ खेल खेल्नेछ । सिरिज शुक्रबारबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्नेछ ।

कप्तान पारस खड्काले सिरिजका लागि घोषणा भएको टोलीमा अधिंकाश युवा खेलाडी समेटेका छन् । जसमा इशान पाण्डे र कुसल मल्लले पहिलो पटक स्थान बनाएका छन् । यस्तै ज्ञानेन्द्र मल्ल टिममा नहुँदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *