मनोरंजन

‘करोड क्लब’ प्राविधिक विषय मात्र हो

‘करोड क्लब’ प्राविधिक कुरा हो । कुनै पनि फिल्मले करोड कमाउँदा निर्माताको भागमा करिब साढे ३० लाख रुपैयाँ पर्छ । यति कमाइ भयो भनेर हल्ला चलाउँदा फिल्म चलाउन सजिलो हुन्छ भन्ने सोच हुन सक्छ । तर, फिल्मले कति कमायो भन्ने हलबाट फिल्म उत्रिसकेपछि मात्र थाहा हुन्छ ।

अलि समीक्षात्मक भएर हेर्दा कुनै पनि फिल्मले करोड कमाएको कुरा प्रचार गर्ने शैली पनि होला । मैले नै फिल्म खेल्न थालेको धेरै पछि करोड कमाएको भन्ने समाचार सार्वजनिक हुन थाल्यो । कमाइले फिल्मको व्यापारलाई पक्कै प्रभाव पार्छ, तर कसरी कमाइरहेको छ भन्ने विश्लेषण गर्नु जरुरी छ ।

मानकमाथि ब्रेक
‘लुट’ फिल्म आएको समयमा म कलाकारका रूपमा स्थापित हुन अगाडि बढिरहेको थिएँ । त्यही समयमा फिल्मको कथा पनि हेर्नुपर्छ भन्ने चेतना समाजमा आयो । ‘लुट’, ‘कबड्डी’जस्ता फिल्म समाजमा आएको त्यही चेतनालाई ध्यानमा राखेर बनाइएका थिए । हामी यस क्षेत्रमा आउनुअघिसम्म दर्शकको मनमस्तिष्कमा फिल्मको मुख्य पात्रबारे एउटा ‘इमेज’ थियो ।

फिल्मले करोड कमाएको कुरा प्रचार गर्ने शैली पनि होला । कमाइले फिल्मको व्यापारलाई पक्कै प्रभाव पार्छ, तर कसरी कमाइरहेको छ भन्ने विश्लेषण गर्नु जरुरी छ ।हामीलाई भने त्यसभन्दा फरक काम गर्नु थियो । स्वतन्त्र सोचबाट आएको कथा र पात्रलाई आमदर्शकमा पु¥यायौँ । दर्शकले तिनलाई आफू र आफ्नै कथाका रूपमा ग्रहण गरिदिनुभयो ।

तर, त्यसपछि हामीले जति कोसिस गर्नुपथ्र्यो, त्यति गरिरहेका छैनौँ जस्तो लाग्छ । ‘लुट’ हिट भएयता त्यस्तै कथावस्तुका धेरै फिल्म बने होलान् । ‘कबड्डी’कै जस्ता कथा भएका फिल्म पनि धेरै बनिसके होलान् । तर, त्यसभन्दा फरक कथावस्तु हामीले दिन सकेको खोइ त ? हाम्रा कथा त्यतिमै सीमित त छैनन् होला । त्यसैले हो, मैले ‘करोड क्लब’लाई अफवाह भनेको ।

कुनै फिल्मले करोड कमायो भने हामीले पनि त सक्छौँ नि भन्ने अन्य निर्माता र निर्देशकलाई लाग्न सक्छ । तर, ती फिल्मले आफ्ना कथा र पात्रलाई स्थापित गरे कि गरेनन् भन्ने महत्वपूर्ण कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *