प्रमुख समाचार

कस्तो छ आजको मौसम ?

काठमाडौं : बंगालको खाडीबाट आएको हावाको प्रभावले देशभर मौसमी गतिविधि बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।बुधबार बिहान देशका अधिकांस भूभागहरुमा सामान्यदेखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनसहित मध्यम वर्षा हुनेछ। राति मध्य तथा पुर्व, पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जनचट्टयांगसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।बिहिबार देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पुर्व र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।अझै केहि दिन पानी पर्ने भएकाले दसैंको सुरुवाति दिन सम्म मौसम पूर्ण सफा नहुने मौसमविद् बताउछन्।

‘देशका पूर्व, मध्य र पश्चिमका धेरै स्थानमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने छ। बुलेटिनमा भनिएको छ, ‘पहाडी भुभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउने भएकाले सतर्कता अपनाउन अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *