अन्तरास्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध विपक्षीद्वारा महाअभियोगको औपचारिक प्रक्रिया सुरु

अमेरिकाको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गर्ने घोषणा गरेकी छिन् ।डेमोक्रेट्सले औपचारिक रुपमा महाभियोग प्रक्रिया पनि सुरु गरिसकेको छ ।

ट्रम्पमाथि आफ्ना डेमोक्रेट्स प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भ्लोदमिर जेलेन्स्कीमाथि दबाव दिने प्रयास गरेको आरोप छ । राष्ट्रपति ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

यद्यपि, उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वीबारे युक्रेनका राष्ट्रपतिसँग कुरा गरेको भने स्वीकार गरेका छन् ।नेन्सी पलोसीले ट्रम्पले अमेरिकाको संविधानको उल्लंघन गरेको आरोप पनि लगाएकी छिन् । उनले भनिन्, ‘राष्ट्रपति जवाफका लागि तयार हुनुपर्छ, कानुनभन्दा माथि कोही पनि छैन ।’

अहिलेसम्म अमेरिकाको कोही पनि राष्ट्रपति महाभियोगमार्फत् हटेका छैनन् ।जो बाइडनले पनि महाभियोगको प्रक्रियालाई समर्थन गरेका छन् । उनले भनका छन्, ‘ट्रम्पमाथि महाभियोग चलाउनु दुर्भाग्यपूर्ण हो, तर उनको आफ्नै व्यवहारले यस्तो भइरहेको छ ।’ट्रम्पले महाभियोग उनका लागि राजनीतिक रुपमा सकारात्मक हुने बताएका छन् ।

के हो घटना ?

गएको साता अमेरिकाको गुप्तचर अधिकारीले राष्ट्रपति ट्रम्पले एक विदेशी नेतासँग कुराकानी गरेकोबारे जानकारी दिएका थिए । ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की थिए ।

इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले सूचना दाताको जानकारी ‘ध्यानमा लिन योग्य भएको र विश्वसनीय’ मानेका थिए । यो जानकारीबारे डेमोक्रेट्सले संसदमा माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसबारे जानकारी दिन अस्विकार गरेका थिए ।ट्रम्प र युक्रेनका राष्ट्रपतिबीच के कुरा भएको थियो भन्नेबारे थाहा भएको छैन तर ट्रम्पले र युक्रेनका राष्ट्रपतिसँग वाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न दबाब दिएको आरोप डेमोक्रेट्सले लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *