दक्षिण भारतीय तमिल सिनेमाकी लोकप्रिय अभिनेत्री एमी ज्याकसन आमा बनेकी छन्। उनी सोमबार आमा बनेकी हुन्।उनले आफ्नो पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्।एमीले आफू आमा बनेको जानकारी इन्स्टाग्रामबाट दिएकी हुन्।’हाम्रो देवदुत, तिमीलाई यस संसारमा स्वागत छ, एन्ड्रियास’, पोस्टमा उनले लेखेकी छन्।
आमा बनिन् यी ३ फिट ५ इन्चकी अभिनेत्री
एजेन्सी । एनडीटिभी इम्याजिनको चर्चित शो ‘बाबा एसो वर ढूंडो’ की मुख्य कलाकार जुही असलमको घरमा खुसी छाएको छ । उनले छोरा जन्माएकी छन् । उनले १९ अगस्टमा छोरा जन्माएकी थिइन् । उनले सामाजिक सञ्जालमा एक तस्बिर पोस्ट गरेकी छन् ।
तस्बिरमा उनका श्रीमान करीमले आफ्नो छोराको पाउमा चुमेका छन् । उनले तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘हरेक पिताले यो याद राख्नुपर्छ की एकदिन उनको छोरा आफ्नो पथमा हिँड्नेछ ।’ उनले आफ्नो छोराको नाम मोहम्मद रहीम राखेकी छन् ।उनले पछिल्लो वर्ष ९ अक्टुबरमा करीमसँग बिहे गरेकी हुन् । उनीहरुको बिहे उत्तर प्रदेशको शिकोहाबादमा भएको थियो ।