प्रमुख समाचार

चर्चित हास्य अभिनेता वेणु माधवको निधन

तेलुगु कमेडियन वेणु माधवको ३९ वर्षको उमेरमा निधन भएको छ। उनको हैदराबादस्थित अस्पतालमा उपचार भइरहेको थियो। लिभर र र किडनीका बिरामी उनको अवस्था जटिल भएपछि मंगलबारै अस्पतालमा भर्ना गरिएको थियो।

तेलुगु देशम पार्टीका प्रमु तथा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडु ट्विट गर्दै उनको निधनमा शोक व्यक्त गरेका छन्। उनको अन्तिम संस्कार सम्बन्धी जानकारी दिइएको छैन।

वेणु माधवका सञ्चार सहयोगी वामसी काकाले ट्विट गर्दै भनेका छन्, ‘अभिनेता वेणु माधव अब हाम्रो बीचमा रहेनन्। चिकित्सकका अनुसार वेणुले बुधबार मध्यान्ह १२ बजे अन्तिम श्वास लिए। वेणु माधवको आकस्मिक निधनको खबरले पुरै टलिउडमा शोक छाएको छ। वेणुका फ्यान अहिले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन्।

वेणु माधवले एक मिमिक्री कलाकारका रूपमा आफ्नो करिअर शुरू गरेका थिए। त्यसपछि उनले एक कमेडियनका रूपमा फिल्ममा पाइला राखे। उनले फिल्म सम्परादयमबाट तेलुगु फिल्ममा इन्ट्री मारेका थिए। यो फिल्म १९९६ मा रिलिज भयो। उनले तमिल र तेलुगुमा लगभग २०० फिल्ममा अभिनय गरेका छन्।

उनको अन्तिम फिल्म डा. परमानन्दाय स्टुडेन्टको २०१६ मा सुटिङ भएको थियो। यो फिल्म अहिलेसम्म रिलिज भएको छैन। पछिल्ला केही सालदेखि वेणु माधवले राजनीतिमा पनि रुचि देखाए। उनले तेलुगु देशम पार्टीका लागि चुनाव प्रचार पनि गरेका थिए।वेणु माधवको जन्म आन्ध्र प्रदेशको नलगोन्डा जिल्लास्थित कोडाडमा भएको थियो। तर उनी पछिल्लो समय तेलंगानाको सुर्यपेट जिल्लामा बस्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *