एजेन्सी । बलिउडको सबैभन्दा चर्चीत रोमान्समा सलमान खान र ऐश्वर्या रायको नाम शिर्षस्थानमा आउने गर्छ । उनीहरुले हम दिल दे चुके सनम फिल्मको सुटिङ सेटबाट डेटिङ गर्न सूरु गरेका थिए ।
मिस वल्र्ड ऐश्वर्या राय सलमान खानको मुटु थिइन् । तर, यहाँ पनि सलमान खानको व्यवहारको कारण उनीहरुले सन् २००२ मा ब्रेकअप गरे ।ऐश्वर्या रायसँग ब्रेकअप भएपछि सलमान खानले उनीजस्तै युवतीको खोजी गरे । उनको भेट स्नेहा उलालसँग भयो । सलमानले फिल्म लक्कीमा उनलाई खेलाए पनि । फिल्म हिट पनि भयो तर यो जोडी असली जीवनमा भने फ्लप भयो । उनीहरुको सम्बन्ध धेरै दिन टिकेन ।