प्रमुख समाचार

कृषि विकास बैंकबाट चार करोड ७३ लाख ‘ह्याक’ गरी चोर्ने गिरोहका १२ जना पक्राउ

काठमाडौं, असोज ८ । नेपाल प्रहरीले कृषि विकास बैंकको लाहान शाखाबाट चार करोड लाख ७३ लाख रुपैयाँ ‘ह्याक’ गरी चोरी गर्ने एक गिरोहलाइ पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाले पक्राउ गरी मुख्य आरोपी चारजनालाई बुधबार सार्वजनिक गरेको हो ।भारतको नयाँदिल्लीमा बस्दै आएका पिटर नामक विदेशीले नेपाली नागरिकहरु प्रयोग गरी कृषि विकास बैंकबाट रकम लुटेका हुन् ।यो गिरोहले कैलाश विकास बैंक, नबिल बैंक र पानस रेमिटबाटसमेत रकम ह्याक गरेको खुलासा भएको छ ।

पक्राउ पर्नेमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सन्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ रहेका छन् ।त्यसैगरी, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्रबहादुर बुढा रहेको प्रहरी जनाएको छ ।पिटरले यी व्यक्तिहरु प्रयोग गरी हुन्डीमार्फत् रकम बुझ्ने गरेको महानगरीय अपराध महाशाखका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गर्ने उनीहरुको योजनालाई प्रहरीले विफल पारेको उनको भनाइ छ ।पिटर नामका विदेशीले रकम ह्याक गरी गिरोहको नेपाली सदस्यहरुको खातामा पठाउने र हुन्डी गरेवापत् १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरेकोे अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुरअन्तर्गत् कारबाही हुने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *