राजनिति

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्छः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको कृषि क्षेत्रमा सोचेअनुरुप परिवर्तन हुन नसकेको बताएका छन्।प्रदेश कृषि विकास रणनीति तयारीका लागि जिल्ला समन्वय समितिका प्रमुख एवं विज्ञहरूसँग आज धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री भट्टले भन्े, “कृषि कर्ममा लागेका व्यक्तिलाई सम्मान गर्न सक्नुपर्दछ र यसलाई सम्मानित पेशाको रुपमा अगाडि बढाउन सक्नुपर्दछ ।”

कृषि बाली बीमाको व्यवस्था गरिएको छः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताए। पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उनले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताए।

प्रदेश सरकारले किसानलाई प्रोत्साहन गर्ने खालका योजना अगाडि बढाएको भन्दै उहाँले किसानका समस्या धेरै रहेको बताए । उनले भने, “किसानको समस्या धेरै छन् कहिले प्रकृतिको कारणबाट कहिले बीउबिजनको कारणले क्षति हुने गरेको छ । त्यसको समाधानको लागि पनि सरकारले बाली बीमाको व्यवस्था गरेको छ ।”

व्यावसायिक कृषि गर्नेलाई प्रदेश सरकारले प्रोत्साहन गर्दै आएको बताउँदै उनले अब निर्वाहमुखी कृषिकोभरमा बस्न नहुने सुझाव दिनुभयो । प्रदेश सरकार बनेको छोटो समय भएको भन्दै उहाँले देखिने गरी काम गरिसक्न नपाएको बताए ।

उनले सयौं वर्षको इतिहास बोकेको सङ्घीय सरकारका अगाडि दुई वर्षको प्रदेशलाई तुलना गर्न नमिल्ने बताए। किसानलाई सरकारको आलोचना भन्दा सहकार्य गरेर लाभ लिन पौडेलले सुझाव दिए ।सो अवसरमा केराखेतीको विकास र प्रवद्र्धनमा विशेष योगदान पु¥याएकोमा नेपाल टेलिभिजनका चितवन सम्बाददाता ईश्वर जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष कल्याण जोशीलगायतका व्यक्तिहरुलाई मुख्यमन्त्री पौडेलले दोसल्ला र कदरपत्रले सम्मान गर्नु भएको थियो ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले चितवनमा करीब७ सय किसानले तीन हजार बिगाहामा केराखेती गर्दै आएको र वार्षिक रु एक अर्ब ५० करोडको केरा उत्पादन हुने गरेको जानकारी दिए ।कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल, कृष्ण खनाल, उद्योग वाणिज्य महासङ्घका सदस्य कल्याण जोशी, सङ्घका पूर्व अध्यक्षद्वय लक्ष्मण सुवेदी र कृष्णहरि पन्त लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *