मनोरंजन

स्टार अनमोल ‘धुपौरे’बाट दर्शकमाँझ आउँदै

काठमाडौँ । चलचित्र ‘ए मेरो हजुर ३’ पछी कुनै पनि चलचित्रमा नदेखिएका नेपालको सुपरहिट स्टार अनमोल के.सी. चलचित्र ‘धुपौरे’बाट दर्शकमाँझ देखा पर्ने भएका छन् ।एक्सन र लवस्टोरीमा आधारित बनाईने यस चलत्रिमा नायक अनमोल मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।

निर्देशक साम्तेन भुटियाद्वारा निर्देशन हुन लागेको यस चलचित्र जेएस इन्टरटनमेन्ट र फिल्म नेपाल प्रोडक्सनको ब्यानरमा तयार हुन लागेको हो ।निर्देशक भुटियाका अनुसार तिहार पछि छायाँकन हुने यस चलचित्रमा अनमोल बाहेक अन्य कलाकार छनौटको क्रममा रहेको छ ।

 अन्तरजातीय विवाहको प्रसङ्गमा दयाहाङको यस्तो विचार (भिडियोसहित)
काठमाडौं, ४ असोज । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा चलचित्र अभिनेता दयाहाङ राईसँग ऋषि धमलाले माया, प्रेम, रिससँगै चलचित्रको कथावस्तुबारे अन्तरवार्तामा छलफल गरेका छन् । दयाहाङले चलचित्र सफल हुनुको रहस्य खोलेका छन् ।

दयाहाङले अन्तरजातीय विवाहमा एकअर्काले जात अनुसारको संस्कृतिलाई नबुझदा समस्या आउने बताएका छन् । उनले आफुलाई सम्पूर्ण चलचित्र क्षेत्रमा सफल भन्दा पनि आफूलाई चलचित्रले मागेको पात्र अनुसार सफल भएको जनाएका छन् ।

दयाहाङले अभिनय गरेको रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी” ३ असोजबाट देशैभरि प्रदर्शनमा आएको छ । यो चलचित्र कबड्डीको तेस्रो भाग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *