मनोरंजन

ईदमा सलमानले ल्याउने भए ‘राधे’, अक्षयसँग हुने भो भिडन्त

अन्तिम समयमा ‘इंन्शाल्लाह’को सुटिङ स्थगित भएपनि आगामी वर्षको ईदमा सलमानले नयाँ सिनेमा ल्याइछाड्ने घोषणा गरेका थिए।सलमानले सिनेमा रिलिजको घोषणा गरेपनि कुन सिनेमा उनले ल्याउनेछन् भन्नेमा रहस्य कायमै रहेको थियो।

अब भने सो रहस्यबाट पर्दा उठेको छ। आगामी वर्षको ईदमा सलमानको ‘राधे’ नामक सिनेमा रिलिज हुने भएको छ। सलमानको सो सिनेमा अक्षय कुमार स्टारर ‘लक्ष्मी बाम्ब’सँग जुध्नेछ।सलमानको नयाँ सिनेमालाई प्रभू देवाले निर्देशन गर्नेछन्।भारतीय संचारमध्यमका अनुसार सलमानले आफ्नो आगामी रिलिज ‘दबंग ३’को रिलिज अगावै ‘राधे’को केहि भाग सुटिङ गर्नेछन्।

अमिताभलाई ‘दादासाहेब फाल्के अवार्ड’
बलिउडमा लामो समयदेखि सक्रिय रहेका नायक अमिताभ बच्चनलाई भारतकै प्रतिष्ठित ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित गरिने भएको छ । भारतीय चलचित्रको विकास र वृद्धीमा उल्लेखनिय भूमिका खेलेको भन्दै उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।

भारतका सूचना तथा प्रशारण मन्त्री प्रकाश जाभादेवकरले ट्विटरबाट यो कुराको जानकारी गराएका छन् । उनले लेखेका छन्‘दुइवटा जेनेरेनशालाई लामो समयदेखि मनोरञ्जनको दुनियाँबाट प्रभावित बनाउँदै आएका बरिष्ठ कलाकार अमिताभ बच्चनलाई दादासाहेब फाल्के अवार्ड प्रदान गर्न लागिएको छ । यो खबरले भारतीय जनता र विश्व समुदाय नै खुशी छ ।’

यो अवार्डको घोषणा भएसँगै अमिताभलाई बलिउडका कलाकारले बधाई दिइरहेका छन् । तर, अमिताभ आफैले पनि यो खुशी रोक्न सकेनन् । ट्विट गर्दै उनले भनेका छन्‘मलाई तपाइहरु सबैलाई धन्यवाद दिनका लागि शब्द नै मिलिरहेको छैन ।’दश लाख नगद पुरस्कार र गोल्डेन लोटससहित यो अवार्ड प्रदान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *