अन्तरास्ट्रिय

संयुक्त राष्ट्रसंघ हल्लाउने १६ वर्षिय बालिका

यो आधुनिक युगमा प्राय अधिकांश मानिसहरु धेरै सुविधाभोगी भएका छन् । सबैजना आफ्नो व्यक्तिगत सहजताको लागि मात्र सोचिरहेको बेला एक १६ वर्षिय बालिकाले मानव जीवनको अस्तित्वसँगै पृथ्वीमा भएका सबै सजिव प्राणीहरुको लागि चिन्ता व्यक्त गरेकी छिन् ।स्वीडेनकी ग्रेटा थुनबर्ग नाम गरेकी उक्त बालिकाले संयुक्त राष्ट्रसंघमा रहेका विश्वका ठूला नेताहरुलाई चकित बनाउने र ध्यानाकर्षण गर्ने भाषण दिएकी छिन् । उनले एक जलवायू कार्यकर्ताको हैसियताले राष्ट्रसंघमा भाषण दिएकी हुन् । उनको त्यो भाषणले विश्व नै हल्लाएको छ ।

ग्रेटाले आफ्नो र आफु जस्तै थुप्रै बालबालिकसँगै अब आउने पुस्ताका बालबालिकाहरुलाई अन्याय गरेको जनाएकी छिन् ।उनले बालबालिकाको सपना र भविष्यमाथि खेलबाड भएको र वातावरण प्रदूषित गरेकोमा विश्वका नेताहरुमाथि आरोप लगाएकी छिन् । नेताहरुले आफ्नो दायित्वलाई व्यवास्था गरेकोले आफ्नो लेख्ने, खेल्ने, कुद्ने र रमाउनेबेलामा विश्व विनाशतिर लागेको बारेमा सबैलाई सचेत गराउनु पर्दा आफुलाई नरमाइलो लागेको उनको भनाई रहेको छ ।

नेताहरुले झुठो भाषण दिएर आफ्नो कर्तव्यबाट टारिएर पद र पैसाको पछि लागेर आफ्नो कुरा नसुनेको आरोप लगाएकी छिन् । उनले आफ्नो मात्रै नभएर सम्पूर्ण जीव र प्राणीहरुकै जीवन संकटमा रहेको बताउँदै पृथ्वीलाई क्षेति पूराउने कसैको अधिकार नभएको जनाएकी छिन् । उनले सम्पूर्ण देशका नेताहरु र प्रतिनिधिहरुलाई समयमै विचार गर्न चेतावनी दिएकी छिन् ।

उनले सबैलाई आफ्नो भाषणतिर ध्यान आर्कषण गरी सोच्न बाध्य बनाएकी छिन् । नेताहरुलाई ग्रेटाले राक्षेसको रुपबाट सम्बोधन गर्दै नेताहरुमाथि विश्वास नरहेको जनाइन् ।नेताहरुको काममाथि आफ्नो आखा रहेको बताइन । ग्रेटा र उनका १५ सहयोगी मित्रहरुले पांच देश माथि बाताबरणलाई संकटमा राखेको कारण कानुनी उजुरी दायर गरेकी छिन् । अर्जेन्टिना, ब्राजील, फ्रान्स, जर्मनी, र टर्की जस्तो देशहरु माथि उजुरी परेको छ । –Photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *