प्रमुख समाचार

ओलीका आइटीविज्ञ अलिको ई–सेवाबाट हवाइ टिकट लिए कार वाही हुने

काठमाडौं, ९ असोज । प्रदेश नम्बर ५ सरकारले ईसेवाबाट हवाइ टिकट नलिन सूचना जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीका आइटीविज्ञ असगर अलिलाई झ ट्का लागेको छ । प्रधानमन्त्री ओलीका आइटीविज्ञ अलिको स्वामित्व रहेको ईसेवाबाट हवाइ टिकट नकाट्न प्रदेश ५ सरकारले सूचना जारी गरेको हो । अन्यथा कार बाही गर्ने चेता वनीसमेत दिइएको छ । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक सूचना निकालेर अनुमति नलिई ईसेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कार बाही गर्ने उल्लेख गरेको छ ।

‘पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली ईसेवा लगायतका इटिकेटिङबाट हवाई टिकेटिङको का रोबार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्दसमेत हुनेछ’, सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । तर, पोखरेल नेतृत्वको सरकारले प्रधानमन्त्री ओलीका आइटीविज्ञ अलिको स्वामित्वमा रहेको ईसेवाबाट हवाइ टिकट नलिन सार्वजनिक सूचना जारी गरेपपछि सत्तारुढ नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *